हिल ग्रीन इन्भाइरोमेन्ट प्रोटेक्शन सोसाइटीद्वारा रुखको विरुवा वितरण

मिरिक : हिल ग्रीन इन्भाइरोमेन्ट प्रोटेक्शन सोसाइटीले आज विश्व पर्यवरण दिवसको अवसरमा एक हजारवटा ओखरको विरुवा वितरण गर्यो। मिरिक महकुमामा लगभग पचास हजार रुखको विरुवा लगाउने लक्ष्यको साथमा उत्रिएका हिल ग्रीनका कार्यकर्ताहरूले विश्व पर्यावरण दिवसबाट शुरूवात गरेको छ। मिरिकको एउटा होटल परिसरमा विश्व पर्यावरण दिवस पालन गर्दै उक्त अभियानलाई कार्यकर्ताहरू अघि बढायो। हिल ग्रिनका सचिव प्रवीण सुनारको सञ्चालनमा अघि बढेको अभियानमा पुलिस प्रशासन प्रतिनिधि लगायत विभिन्न सेल्फ हेल्प ग्रुप, भिक्टोर समूह अनि हिल ग्रीनका चेयरम्यान विपिन योञ्जन लगायत अन्य उपस्थित थिए। यस अवसरमा मिरिक झील वरिपरि ओखरको विरुवा लगाइयो। कार्यक्रममा मिरिक महकुमा अन्तर्गतका विभिन्न सेल्फ हेल्प ग्रुपहरूलाई ओखरको विरुवा पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *