हिल तराई प्राथमिक शिक्षक संगठन तीनधारे सर्कलको सभा सम्पन्न

खरसाङ : हिल तराई प्राथमिक शिक्षक संगठन तीनधारे सर्कलको सभा तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सर्कल सभापति राजेश थापाको अध्यक्षतामा सम्पन्न भयो। शिक्षक महेन्द्र तामाङले सञ्चालन गरेको सभामा हिल तराई प्राथमिक शिक्षक संगठनका केन्द्रीय सचिव पूर्णकुमार राई, बोर्ड सदस्या शान्ता लामा आदिले वक्तव्य राखे। सभामा वक्ताहरूले संगठनको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै संगठनको माग अनुसार जीटीएले साथै जीटीए चेयरम्यान अनित थापाको पहलमा शिक्षक नियुक्ति र टेट परीक्षाको आयोजना गरिएको बताए। यसैगरी, 2013-मा नियुक्ति पाउने शिक्षकहरूको लागि नेशनल बेनिफिटको लागि पनि काम गरिरहेको जानकारी गराए भने तीनधारेमा सर्कल कार्यालय गठनको लागि अनुमति दिएकोमा संगठनको पक्षबाट डीआई, एसआई, जीटीए चेयरम्यान अनित थापा लगायत सबैमा आभार प्रकट गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *