हिल तराई प्राथमिक शिक्षक एसोसिएसनको पुनःगठन

दार्जिलिङ : हिल तराई प्राथमिक शिक्षक एसोसिएसनको रङ्गबुल सार्वजनिक भवनमा एसोसिएसन अध्यक्ष केसाङ लामाको अध्यक्षता एउटा सभा सम्पन्न भयो। उक्त सभामा पर्यवेक्षकको रूपमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सांगठनिक सचिव एलएम लामा, प्रवक्ता केशव राज पोर्खेल, केन्द्रीय सदस्य महेन्द्र प्रधान, खरसाङ महकुमा अध्यक्ष समर्दिप ब्लोन, दावा तामङको प्रमुख उपस्थिति रहेको थियो। सभामा हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रिय समितिको पुरानो समितिलाई विघटन गरेर नयाँ समिति गठन गरियो।  नयाँ समितिमा प्रमुख संरक्षक केसाङ लामा (मिरिक), अध्यक्ष मिरेन लामा (मङ्पु), उपाध्यक्षहरू सन्तोष थापा (खरसाङ), गिदोन राई (मिरिक),  सोनाम काबो (कालेबुङ), महेश प्रधान (दार्जिलिङ), महासचिव पूर्ण बहादुर राई (पुल बिजनबारी), सहसचिवहरू मुन्ना पाखरिन (मङ्पु), श्रीमति नोमि लेप्चा (कालेबुङ), प्रकाश राई (सोनादा), शरद राई (रङ्ली-रङ्लियट), कोषाध्यक्ष योजना शेर्पा (सुकिया), कानुनी सल्लाहकार अमृत मादेन (दार्जिलिङ बार एसोसिएसन), प्रचार प्रसार सचिव प्रकाश हाङखिम (मङ्पु), कार्यकारी सदस्यहरू अनिल तामाङ (तीनधारे), मिलन प्रधान (रिम्बिक लोधोमा), तेन्जिङ शेर्पा (जलढाका), वसन्त कुमार छेत्री (गोरूबथान), मोहन कुमार प्रधान (कालेबुङ सघन)-लाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *