हिल तराई प्राथमिक शिक्षक संगठनका प्रतिनिधिहरूसित अनित थापाले गरे बैठक

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले पार्टीको साङ्गठनिक प्रक्रियालाई अघि बढाउँदै आज हिल तराई प्राथमिक संगठनका प्रतिनिधिहरूसित पार्टीका महासचिव अनित थापाले भेट गरे। हिल तराई प्राथमिक शिक्षक संगठनका अध्यक्ष मिरेन लामाको नेतृत्वमा आज प्राथमिक शिक्षकहरूको एउटा टोलीले गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापासँग खरसाङको नयाँ बजारस्थित टाउन हलमा भेट गऱ्यो। यस अवसरमा अनित थापाले चुनाउमा हार-जीत त हुन्छ नै तर पहाडलाई कुन दिशामा लैजाने भन्ने सोंच लिएर आफुहरूले काम गरिरहेको बताए। तिनले बिग्रेको सिस्टम बनाउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको दावी गरे। तिनले अझ भने, पार्टीमा परिवर्तन ल्याउनु पनि छ साथै मानिसको सोंचमा पनि परिवर्तन ल्याउनु छ। पहाडलाई बिगार्ने हाम्रै नेताहरु हुन। सबैले आफ्नो फाइदा मात्र खोज्छन। पहाडको शिक्षा सिस्टम भताभुङ्ग छ। यही सिस्टम ठीक पार्नु छ। म पहाडलाई लक्ष्यसम्म पुर्याउँछु। तिनले पार्टीको राजनैतिक कार्यक्रम विषय बोल्दै भने, पहाडको मुद्दा अनि आवाजलाई बचाउनु हो भने क्षेत्रीय राजनैतिक दललाई बलियो बनाउनु पर्छ। हामीले पहाडमा गरेको राजनीति क्षेत्रीय राजनीति बचाउने राजनीति हो। सरकारलाई थाहा छ पहाडलाई शान्त राख्नु अनि विकास तर्फ लैजानु हो भने क्षेत्रीय राजनीतिलाई टेवा दिनु पर्छ।

पहाडलाई राम्रो बनाउनु हो भने दोषारोपणको खेल बन्द गर्नु पर्छ भन्दै तिनले सबैलाई अपिल गरे। भेटघाट विषयमा मूल सचिव पूर्ण बहादुर राईले बताए अनुसार  आजको भेटघाट गर्ने टोलीमा पहाड तराईका प्राथमिक शिक्षकहरूलाई प्रतिनिधित्व दिने सदस्यहरूको टोली रहेको थियो। यसको साथै प्राथमिक शिक्षकहरूको थुप्रै मुद्दा विषयमा पनि छलफल गर्न आजको भेटघाट कार्यक्रम गरिएको थियो। सङ्गठनका केन्द्रिय अध्यक्ष मिरेन लामाले बैठक पछि आजको बैठकमा लिएको निर्णयहरु माथि प्रकाश पार्दै भने, कालेबुङ जिल्लाको निम्ति छुटै डीपीएससी स्थापनाको माग पार्टी पक्षले राख्ने छ। डाई इन हार्नेस प्रकल्पमार्फत विगत २८ जनालाई शिक्षकको नियुक्ति दिएको थियो तर महामारीको कारण तिनीहरुले स्कूलमा जोइन गर्न सकेका थिएनन्। आजको सभाले तिनीहरूलाई डीआई कै समक्ष जोइन गराउने निर्णय लिएको छ। गत वर्ष सम्पन्न भएको टेट परीक्षाको रिजल्ट चाँडै सार्वजनिक हुने साथै 2013-मा नियुक्त भएका शिक्षकहरूको मुद्दा चाँडै सुल्झाउने बताइएको छ। कालेबुङ जिल्ला समितिलाई प्रतिनिधित्व गर्दै रुपेन प्रधानले भने, “कालेबुङ जिल्ला बनेपछि पनि शिक्षकहरुले पाउनु पर्ने कतिपय अधिकारहरूदेखि शिक्षकहरू वञ्चित छन्। कालेबुङ जिल्लाको निम्ति कालेबुङ डीपीएससी-को स्थापना हुनु पर्छ भन्ने कालेबुङ समितिको ठूलो मुद्दा हो। पार्टीले प्राथमिक शिक्षकहरूको यी विविध मुद्दाहरू जीटीए चेयरम्यानसमक्ष राखिदिने पहल आजको प्रतिनिधि टोलीले पार्टीका महासचिव अनित थापालाई अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes