हिल तराई प्राथमिक स्वयंसेवक शिक्षक संगठनको रोहित शर्मासित भेट

खरसाङ: हिल तराई प्राथमिक स्वयंसेवक शिक्षक संगठन केन्द्रिय समितिका सदस्यहरूको एउटा टोलीले आज दार्जिलिङ प्राथमिक शिक्षा बोर्डको नव नियुक्त अध्यक्ष रोहित शर्मालाई भेटेर बधाई दिनको साथै संगठनको दीर्घकालदेखि रहेको समस्याबारे एउटा ज्ञापन पत्र चढ़ाए। उक्त टोलीले स्वयंसेवक शिक्षकहरूको विभिन्न समस्याहरूबारे अवगत गराएपछि अध्यक्ष शर्माले ध्यानपूर्वक तिनीहरूको समस्या सुनेपछि यसको समाधान कसरी गर्नुपर्ने यस विषयमा तिनी अनि तिनका टोलीले विचार गर्ने आश्वासन दिए। आजको भेटघाटमा खरसाङ, मिरिक, सुके पोखरी मङपु, सिटोङ, कालेबुङ अनि अन्य सर्कलको केन्द्रीय समिति सदस्यहरू साथै संगठनका सभापति सुन्दर राई अनि सचिव सन्ध्या थापा सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *