हिल टीएमसी-बाट 11 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

 


दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ऋषिहाट ब्लुमफिल्ड समष्टी सभापति यनजित चामलिङको नेतृत्वमा आफ्नो समष्टीको विभिन्न वार्ड तथा बुथबाट पार्टीमा समर्थन जनाउनेहरूको क्रम जारी रहेको देखिन्छ। आगामी 8 जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउमा पञ्चायत सदस्यको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ओरेन्जभेली वार्ड नम्बर 4-का प्रार्थी बिजेन्द्र राईलाई समर्थन जनाउँदै आज तृणमूल काङ्ग्रेसको 11 परिवारले भागोप्रमो पार्टीलाई समर्थन जनाएका छन। तिनीहरूलाई आज पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झन्डा प्रदान गरियो।

 


स्मरण रहोस, यसभन्दा अघि हिज आइतबार दार्जिलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टी अन्तर्गत पर्ने निम्न ब्लुमफिल्ड सुनधारा स्कुल डाँडाका 40 परिवारले अनित थापाको नेतृत्वलाई समर्थन जनाउँदै तृणमूल काङ्ग्रेसलाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *