हिल टीएमसीद्वारा घुम जोरबङ्लो क्षेत्रमा सेनिटाइज तथा मास्क वितरण

दार्जिलिङ: हाल कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर दार्जिलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसद्वारा आज घुम जोरबङलो क्षेत्रमा सेनिटाइज गरियो। यसको साथै कोरोनाबारे मानिसहरूलाई जागरूक गराउँदै मास्क पनि वितरण गर्यो। दार्जिलिङ टाउन युवा सभापति असन सुब्बा तथा मिलन डुक्पाको नेतृत्वमा आयोजित कार्यक्रममा घुम जोरबङलो क्षेत्रको विभिन्न वार्डहरूमा सेनिटाइज गर्नको साथै मास्क पनि वितरण गरियो।


यसको साथै स्थानीय मानिसहरूलाई आवश्यक परेको खण्डमा मात्र घरबाट बाहिर निस्कने, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने साथै सामाजिक दूरी पालन गर्ने अपील पनि गरे। व्यापारीहरू लगायत ग्राहकहरूले पनि सरकारद्वारा निर्देशित नियम कानुन पालन गर्ने तिनीहरूले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *