हिल टीएमसी जोरबङ्लो खण्डको सभा

सुकेपोखरी : हिल तृणमूल कङ्ग्रेस जोरबङ्लो खण्ड समितिको आयोजनामा यस खण्ड अन्तर्गत पर्ने विभिन्न समष्टि तथा ग्राम पञ्चायत समितिका प्रतिनिधिहरूलाई लिएर महत्वपूर्ण सभा आज सम्पन्न भयो। पार्टी खण्ड अध्यक्ष एसके राईको अध्यक्षतामा तथा खण्ड समिति पदाधिकारीगण एवम् भ्रातृ सङ्गठनका नेतृत्वहरूको विशेष उपस्थितिमा सम्पन्न सभामा आगामी विधानसभा चुनाउमा दार्जिलिङ, खरसाङ र कालेबुङ विधानसभा क्षेत्रबाट टीएमसीले उम्मेद्वार नदिएको विषयबारे खण्ड अध्यक्ष एसके राईले स्पष्ट पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *