हिल टीएमसी-मा 150 भन्दा अधिक परिवार सामेल

टिस्टा : हिल टीएमसीको एउटा सभा टिस्टा सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभामा टीएमसी दार्जिलिङ-कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्री, कालेबुङ जिल्ला संयोजक सुमन गुरूङ, टाउन कमिटी कार्यकारी अध्यक्ष रवी छेत्री, टीएमसी कालेबुङ जिल्ला नारी अध्यक्ष ज्योति राई, उपाध्यक्ष मृदुला सुब्बा, कार्यकारी अध्यक्ष उजता गुरूङ, सचिव रिञ्जी भोटिया, टिस्टाका को-अर्डिनेटर रोशन भुजेल आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो। यसै सभामा विभिन्न क्षेत्रबाट आएका विभिन्न राजनीतिक दलका 150 भन्दा अधिक सदस्यहरूले पार्टी त्यागेर हिल टीएमसी-मा सामेल भए। टीएमसी दार्जिलिङ-कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्री, कालेबुङ जिल्ला संयोजक सुमन गुरूङ लगायत अन्य नेतृत्वहरूले तिनीहरूलाई स्वागत जनाउँदै पार्टीको झन्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *