हिल टीएमसी सुके मानेभञ्ज्याङ समष्टिको सभा

मिरिक:  हिल टीएमसी सुके मानेभञ्ज्याङ समष्टिलाई अझ दह्रिलो बनाउने उद्देश्य लिएर आज सुके सिमना बजारमा समष्टिका युवाहरूलाई लिएर  महत्त्वपूर्ण सभा सम्पन्न भयो। जिल्ला को-अर्डिनेटर उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा सुके मानेभञ्ज्याङ समष्टि कमिटी गठन गरियो भने दावा तामाङ अध्यक्ष, श्याम राई सचिव, अश्विन राई सह सचिव, प्रशन घिमिरे मिडिया  सचिव, संयुक्त कोषाध्यक्ष नर्बु शेर्पा, जितेन छेत्री, देवेन तामाङ अनि वाङ्ग्छेन तामाङलाई प्रमुख सल्लाहकारको रूपमा चयन गरिएको युवा एकाईका सुके मानेभञ्ज्याङ को-अर्डिनेटर प्रदीप गुरुङले जानकारी दिएका छन्। सभामा युवा एकाईमा आगामी दिनहरूमा अझ व्यापक संख्यामा युवाहरूलाई सामेल गर्ने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *