हिल तृणमूल अध्यक्ष एलबी राईको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ

मिरिक : राज्यसभा सांसद शान्ता छेत्री कोरोना पोजेटिभ भएको पुष्टि भएपछि आफूसित सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउने तिनले आग्रह गरेपछि आज हिल तृणमूल कांग्रेस अध्यक्ष तथा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रेपिड एन्टीजेन टेस्ट गरे। तिनको टेस्ट रिपोर्ट नेगेटिभ आएको छ भने पार्टीका मिडिया प्रभारी सन्दीप प्रधान लगायत पाँच जनाको टेस्ट रिपोर्ट पनि नेगेटिभ आएको मिरिक खण्ड स्वास्थ्य केन्द्रका डाक्टर दिपन विश्वासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *