हिल तृणमूल कांग्रेस घैयाबारी शाखा कमिटीको साङ्गठनिक सभा सम्पन्न

मिरिक: हिल तृणमूल कांग्रेस घैयाबारी चिया कमान शाखा कमिटीको एउटा साङ्गठनिक सभा मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा शाखा कमिटीमा सामेल गरिएका नयाँ सदस्यहरुलाई पार्टीको दलीय झण्डा प्रदान गरियो। सभामा मिरिक महकुमा उपाध्यक्ष शान्त सुब्बाले नयाँ सदस्यहरुलाई शाखा नेतृत्व अनि सदस्य कार्यकर्ताहरुसित सामञ्जस्य राखेर शाखालाई सहयोग गर्ने अपिल गरे। सभामा पार्टीले गाउँघरको विकासमा विशेष ध्यान दिइरहेको साथै घैयाबारीको विविध अभाव र समस्यामाथि पार्टी अवगत छ भन्दै राज्यको विधानसभा चुनाउ अघि घैयाबारीको काम हुने विश्वास दिलाएको सौरेनी समष्टी हिल तृणमूल कांग्रेस नेता नृपेन्द्र भारतीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *