हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीदहरूलाई श्रदाञ्जलि

खरसाङ : हिल तृणमूल कांग्रेसको तर्फबाट पनि शहीदहरूलाई श्रदाञ्जलि अर्पण गरियो। खरसाङको दुर्बीन डाँडास्थित शहीद वेदीमा गएर हिल तृणमूल कांग्रेसको जिल्ला सदस्य प्रदीप प्रधान र खरसाङकी प्रभारी एवं खरसाङ नगरपालिका नगर पार्षदिका मिङमा भोटियाले शहीद वेदीमा खदार्पणसहित श्रध्दाञ्जलि अर्पण गरे। यस अवसरमा पत्रकारहरूसित बोल्दै हिल तृणमूल कांग्रेसका नेता प्रदीप प्रधानले 86-को आन्दोलनमा शहीद भएकाहरूलाई श्रध्दाञ्जलि अर्पण गर्न आफुहरू यहाँ शहीद वेदीमा उपस्थित भएको बताए। तिनले सबै पार्टीहरूले भोटको राजनीति गर्छन् तर आफुहरूले भोटको राजनीति होइन,यथार्थको राजनीति गर्छौं भन्ने दावी गर्दै जनता भूलभ्रान्तिमा नपरेर भावनामा होइन तर यथार्थमा अघि बढ़नु पर्ने आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *