हिल तृणमूल कांंग्रेसको कर्मी सभा सम्पन्न

मिरिक: मिरिक हिल तृणमूल कांंग्रेसको कर्मी सभा आज मिरिकमा सम्पन्न भयो। हिल तृणमूल काङ्ग्रेस अध्यक्ष एलबी राई, खरसाङ महकुमा प्रभारी मिगमा आजी भोटिया , खरसाङ टाउन अध्यक्ष आरिफ खान, खरसाङ महकुमा तृणमूल युवा काङ्ग्रेसका उज्वल छेत्री, मिरिक खण्ड ट्रेड युनियन अध्यक्ष हिमाल विश्व, मिरिक नगरपालिकाको सम्पूर्ण वार्ड पार्षद- पार्षदिका, मिडिया सेल प्रमुख सन्दीप प्रधान, मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, मिरिक युवा काङ्ग्रेस अध्यक्ष शोभन घिसिङ, मिरिक टाउन अध्यक्ष कुमार प्रधान आदिको विशेष उपस्थिति रहेको थियो। यसको साथै मिरिक खण्ड र ग्राम पञ्चायत बुथ कमिटी कार्यकर्ताहरु पनि उपस्थित थिए। कर्मी सभामा एलबी राई लगायत अन्य वक्ताहरूले कार्यकर्ताहरुलाई पार्टीको लक्ष्य र जनसेवाबारे उचित जानकारी दिनको साथै पार्टीमाथि कार्यकर्ताहरूको उत्तरदायित्व एवम् कर्तव्य बारेमा पनि अवगत गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *