हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीको सभा सम्पन्न

खरसाङ : हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीको सभा जिल्ला उपाध्यक्ष प्रदीप प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा विशेष गरेर 20 वटा वार्डका प्रतिनिधिहरू उपस्थित रहेको थियो। आजको सभामा विशेष गरेर 3 वटा विषयलाई लिएर सभामा चर्चा गरियो। सभालाई सम्बोधन गर्दै खरसाङ टाउन कमिटीको अध्यक्ष आरिफ खानले यसपालीको नगरपालिका चुनाउको निम्ति चुनाउ अब्जबरको रुपमा जिल्ला उपाध्यक्ष प्रदीप प्रधानलाई बसिदिने प्रस्ताव राखे। अर्को विषय, हाल अहिले कोभिडको संक्रमण कम भएपछि स्कूलहरू खुल्ला गरियो तर प्राइभेट स्कुलहरूले बिजिनेस बनाएर फिस बढ़ाइ रहेको छ र यसको विरोध गर्दै अब हिल तृणमूल कङ्ग्रेस अघि आउने अनि यसको निम्ति जिल्ला स्कूल अधिकारी अनि मुख्यमन्त्रीलाई पत्राचार गर्ने तिनले बताएका छन्। त्यसरी नै आरिफ खानले तेस्रो विषयमा बोल्दै खरसाङ नगरपालिकाको प्रत्येक वार्डको घर-घरमा सबै प्रकारका सरकारबाट पाउने साहुलियतहरू पाएको छ कि छैन र यस विषयलाई लिएर काम गर्ने बताए। त्यसपछि सभामा जिल्ला उपाध्यक्ष प्रदीप प्रधानले आफ्नो विचार राख्दै भने, यदि यसपाली खरसाङ नगरपालिका चुनाउ जिताउनु हो भने प्रत्येक वार्डबाट एक एकजना को-अर्डिनेटर चयन गर्ने अनि यस कमिटीलाई सबै प्रतिनिधिहरूले खुल्ला रूपमा साथ दिन अनि टीम वर्क बनाएर काम गर्ने अनि यसपाली नगरपालिका चुनाउ हुनभन्दा अघि 1 महिनाको लागि नगरपालिका बोर्ड रद्द गरेर खरसाङ महकुमा शासकको हातमा दिएको हुनुपर्छ भनी बताए। तिनले यसपालीको चुनाउ शान्तिपूर्ण र भाइचाराको साथमा लडेको हुनुपर्छ भनी बताए। सभाको अन्त्यमा खरसाङ नगरपालिकाको सबै 20 वटा वार्डमा एक-एक जनालाई हिल तृणमूल कङ्ग्रेसको को-अर्डिनेटर चयन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *