हिल तृणमूल कङ्ग्रेसले बिमल खेमाका प्रार्थीहरूलाई चुनाउमा सघाउने घोषणा

सिलगढी : आउँदो विधानसभा चुनाउमा पहाडको तीनवटा आसनमा हिल तृणमूल कङ्ग्रेसले गोजमुमो बिमल खेमालाई सघाउने लिइयो निर्णय। आज पत्रकार सम्मेलनको आयोजना गरेर हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष एलबी राई, एनबी खवास र कालेबुङ जिल्ला अध्यक्ष तथा सांसद शान्ता छेत्रीले उक्त घोषणा गरेका हुन्। तिनीहरूले बताएअनुसार बिमल गुरूङले विस्थापित भएर फर्किएर आउन साथ खुल्ला रूपमा तृणमूल कङ्ग्रेसलाई चुनाउमा समर्थन गर्ने घोषणा गरेका थिए भने सो घोषणा अनुसार तिनले उत्तर बंगालको विभिन्न ठाउँहरू लगायत पहाडमा तृणमूल प्रार्थीको पक्षमा चुनाउ प्रचार गरिरहेका छन्। यसैले गर्दा नै तिनलाई यसपल्टको विधानसभा चुनाउमा आफ्नो उम्मेद्वार पहाडको तीन आसनमा खडा नगरेकोले हिल तृणमूलको पक्षबाट बिमलका प्रार्थीहरूलाई सघाउने निर्णय लिएको शान्ता छेत्रीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *