हिल तृणमूल कांग्रेसले जारी गर्यो 10 वर्षको विकास रिपोर्ट

मिरिक : दार्जिलिङ हिल टीएमसी पार्टीले आज मिरिकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर टीएमसी नेतृत्वधीन पश्चिम बङ्गाल सरकारले बितेका दस वर्षसम्म गरेको विकासबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता एनबी खवासले राज्य सरकारले विकास कार्य भनेको सडक, नाला, झोडा, पिउँने पानीको समस्या समाधान मात्र गर्नु नभएर जीडीपी ग्रोथले राज्यमा विकासको दर के-कति भइरहेको छ भन्ने प्रमाणित गर्ने बताए। राज्य सरकारले राज्यवासीको निम्ति पर्याप्त योजनाहरू मार्फत काम गरिरहेको दावी गर्दै एउटा रेकर्ड कायम गरेको बताए। भाजपाले राज्यमा कुनै विकास नगरेको आरोप लगाउँदै तिनले टीएमसी पार्टीले राज्यको सर्वाङ्गीण विकासको निम्ति पर्याप्त कार्य गरेको र दस वर्ष राज्यको निम्ति उत्कृष्ट वर्ष रहेको बताए। पत्रकार सम्मेलनमा हिल टीएमसी अध्यक्ष एलबी राई, राज्यसभा सांसद शान्ता छेत्री मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *