हिल तृणमूल कांग्रेस सौरेनी समष्टिको सांगठनिक सभा

मिरिक : हिल तृणमूल कांग्रेस सौरेनी समष्टिले आज समष्टिको युवा एकाईलाई लिएर एउटा साङ्गठनिक सभा सम्पन्न गर्यो। शान्त सुब्बाको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन समष्टि युवा संयोजक सरोज छेत्रीले सञ्चालन गरेका थिए। सभामा व्यापक छलफल गरेपछि सौरेनी समष्टि स्तरीय तृणमूल युवा कांग्रेस कमिटी गठन गरियो। उक्त सभामा पुण्य राई सभापति, नवीन प्रधान उपसभापति, दिवस लोहार महासचिव, रवीन तामाङ सहसचिव, किरण छेत्रीलाई कोषाध्यक्षको रूपमा चयन गरियो। यसैगरी, प्रमुख सल्लाहकारमा सागर लामा, भुपेन राई, दिपेस प्रधान, राजकुमार प्रधान, प्रितम प्रधान, सदन सुब्बा र विशाल देवानलाई चयन गरियो। आजको सभामा पार्टीमा युवाहरूको भूमिका र योगदानमाथि युवा खण्ड अध्यक्ष शोभन घिसिङ, सलिम राई, भुपेन प्रधान, प्रितम सुब्बा तथा समष्टि संयोजक सरोज छेत्रीले प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *