हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको खरसाङमा सभा सम्पन्न

खरसाङ : खरसाङ नगरपालिक अन्तर्गत हिल तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भयो। हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको जिल्ला अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न सभामा विशेष गरेर यसपालीको नगरपालिका चुनाउलाई लिएर चर्चा गरियो। सभामा सिलगढी नगर निगम चुनाउमा तृणमूल कङ्ग्रेसले बहुमतले विजय हासिल गरेर मुख्यमन्त्री ममता ब्यानार्जीले गौतम देवलाई मेयरको रूपमा चयन गरिदिएकोमा सबैलाई हार्दिक बधाई अनि शुभकामना व्यक्त गरे। त्यसरी नै दार्जिलिङ नगरपालिका चुनाउको निम्ति खडा भएका सबै तृणमूल पार्टीका प्रार्थीहरूलाई पूर्ण रूपमा सहयोग पुर्याउने आजको सभाले पारित गरेको छ। यसैगरी, आउँदो खरसाङ नगरपालिका, मिरिक नगरपालिका, कालेबुङ नगरपालिका चुनाउमा पनि खुल्ला रूपमा अघि आएर सहयोग गर्ने कुरा पनि सभामा पारित गरिएको बताइएको छ। सभामा हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमका प्रतिनिधि अनि सदस्यहरूलाई हिल तृणमूल तामाङ फोरमले अपिल गर्दै यसपालीको नगरपालिका चुनाउमा डबल इञ्जिनको सरकार बनाउन अनि नगरपालिका क्षेत्रलाई विकास गराउनको निम्ति सबै सदस्यहरूले तृणमूल पार्टीले दिएको उम्मेदवारहरूलाई भोट दिएर बिजय बनाउने अपिल गरे। विगतका तामाङ बोर्डले गरेको विकासबारे रिपोर्ट तयार पारेर आगामी दिनमा मुख्यमन्त्रीलाई जानकारी गराइने बारेमा पनि आजको सभामा पारित गरिएको छ भनी हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको जिल्ला अध्यक्ष सन्तोष तामाङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes