हिल तृणमूल कङ्ग्रेस युवा एकाईको बैठक

दार्जिलिङ: हिल तृणमूल कङ्ग्रेस युवा एकाईको आज दार्जिलिङ महकुमा पार्टी कार्यालयमा एउटा महत्वपूर्ण सभा सम्पन्न गरियो। यसबारे युवा एकाई हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ महकुमा अध्यक्ष दिनेश गुरुङले जारी विज्ञप्तिमार्फत जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार युवा एकाई तृणमूल काङ्ग्रेसको आज एउटा इनडोर सभाको आयोजना गरेर उक्त सभामा पार्टीको आउने दिनहरुमा गरिने कार्यक्रमहरुको कार्य सुची तयार पारिएको बताए। यसको साथै दार्जिलिङ पहाड़को बुनियाँदी समस्याहरु सामधान अनि बिकासका योजनाहरु तयार पारिएको साथै जीटीए चुनाउबारे चर्चा परिचर्चा गरिएको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *