हिल तृणमूलद्वारा 100 परिवारलाई राहत सामग्री वितरण

बिजनबारी: बिपन्न परिवारका मानिसहरुलाई राहत पुर्याउने उद्देश्यले हिल तृणमूल कोविड 19-हेल्प डेस्क पुल बिजनबारी खण्डद्वारा आज रेलिङ बिहीबारे बजारमा एक सय परिवारलाई राहत सामग्री वितरण गरियो। आलु, प्याज, तेल, सोयाबीन आदि समानसहित राहत सामग्री हिल तृणमूल युवा एकाई महासचिव रमेश कडरिया तथा पुलबजार बिजनबारी खण्ड सभापति पर्वरिस सुब्बाको हातबाट वितरण गरियो। यस अवसरमा हिल टीएमसी कोविड 19 हेल्प डेस्क पुल बजार संयोजक महेश घोष, राम थापा, तेज बहादुर मुखिया, शुभम थामी आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *