हिल तृणमूलद्वारा बिजनबारी नयाँ नोरमा बाटोको शिलान्यास

बिजनबारी: राज्य सरकारद्वारा शुरू गरिएको टोल टोलको समाधान मार्फत् बिजनबारी भेग अन्तर्गत नयाँ नोरमा निर्माण बाटोको आज तृणमूल कङ्ग्रेस दार्जिलिङ विधानसभा प्रभारी तथा जिल्ला प्रवक्ता एनबी खवासले शिलान्यास गरे। नयाँ नोर ग्राम अधीनस्थ तुम्बायोकमा लगभग 34 लाख रुपियाँको लागतमा 5 सय मिटर बाटो निर्माण कार्यको आज शिलान्यास गरियो। कार्यक्रममा तृणमूल कङ्ग्रेस दार्जिलिङ विधानसभा प्रभारी तथा जिल्ला प्रवक्ता एनबी खवास, महकुमा सचिव निर्मल सिंह, जिल्ला युवा सचिव रमेश कडरिया, दार्जिलिङ पुलबजार खण्ड सभापति पर्वरिस सुब्बा लगायत तीनैवटा ग्रामका संयोजकहरू एवम् स्थानीय पार्टी समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *