हिल तृणमूलको बिजनबारी चुङथुङमा जनसम्पर्क अभियान

बिजनबारी: हिल तृणमूल कांग्रेसको जनसम्पर्क अभियान अवधि आज चुङथुङ ग्राम पञ्चायतको विभिन्न स्थानमा पुगेर स्थानीय मानिसहरूसित भलाकुसारी गरे। यसको साथै तिनीहरूले स्थानीय मानिसहरूको बुनियादी समस्याहरूबारे जानकारी लिँदै सरकारद्वारा प्रदान गरिएको विभिन्न परियोजनाहरू बारेमा अवगत गराए। जिल्ला महासचिव निर्मल सिंहको नेतृत्वमा गएको उक्त टोलीमा जिल्ला युवा महासचिव रमेश कडरिया, खण्ड सभापति पर्वरिस सुब्बा, खण्ड युवा प्रतिनिधि राम थापा प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *