हिल तृणमूल खरसाङद्वारा शान्ता छेत्री र एलबी राईलाई संवर्द्धना

खरसाङ : हिल तृणमूल खरसाङद्वारा आज खरसाङको राज राजेश्वरी हलमा हिल तृणमूल कङ्ग्रेस खरसाङका आरिफ खानको अध्यक्षतामा एउटा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा हिल तृणमूल कङ्ग्रेसका दार्जिलिङ र कालेबुङका चेयरम्यान एलबी राई अनि अध्यक्ष शान्ता क्षेत्रीलाई संवर्द्धना जनाइयो।


यसै कार्यक्रममा आज खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान कृष्ण लिम्बु लगायत विभिन्न वार्डहरूबाट हिल टीएमसीलाई समर्थन जनायो। आज आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट अन्य पार्टीहरू त्यागेर धेरैजनाले हिल टीएमसीको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *