हिल तृणमूल खरसाङ टाउन कमिटीको सांगठनिक सभा

खरसाङ : हिल तृणमूल कांग्रेस खरसाङ टाउन कमिटीको सांगठनिक सभा यहाँको मारवाड़ी पुस्ताकालय खरसाङमा आज सम्पन्न भयो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कांग्रेसको खरसाङ टाउनका सभापति आरिफ खान र महासचिव लक्ष्मण शर्माले पहाड़को गोर्खा समुदायको 11 जनजातिको मुद्दालाई राज्य सरकारले पहिलेबाटै पारित गरेर केन्द्रमा पठाइसके तापनि हालसम्म पनि केन्द्रले त्यसलाई स्वीकृति दिएको छैन। त्यसैले अब हिल तृणमूल कांग्रेसले गोर्खा जातिको उक्त मागलाई लिएर गम्भीर रहेको द्वयले बताए। यसै अन्तर्गत हिल तृणमूल कांग्रेसको तर्फबाट राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी साथै सम्बन्धित विभागमा राज्य स्तरको जनजातिको दर्जा प्रदान गरियोस् भनेर आफूहरूले माग गरिरहेका छौं र चुनाउ अघि नै राज्य स्तरको जनजातिको मान्यता राज्य सरकारले प्रदान गर्नेछ भनी तिनीहरूले बताए। यसको साथै मुख्यमन्त्रीले हिजो जलपाईगढीमा एउटा जनसभालाई सम्बोधन गर्दै पहाड़को स्थायी राजनैतिक समाधान मुख्यमन्त्रीले नै गरिदिने घोषणा गरेकोमा हिल तृणमूल कांग्रेस खरसाङ टाउनको तर्फबाट आफूहरूद्वारा मुख्यमन्त्रीप्रति धन्यवाद जनाउँदछौँ भनी बताए। त्यसरी नै महासिचव लक्ष्मण शर्माले भाजपाले पहाड़का मानिसहरूलाई भोटको लागि मात्र प्रयोग गरिरहेको आरोप लगाउँदै राज्यकी मुख्यमन्त्रीले पहाड़को स्थायी राजनैतिक समाधानको लागि पहल गरिदिएकोमा आभार प्रकट गर्दछौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *