हिल तृणमूलले भावनामा नभएर यथार्थमा राजनीति गरिरहेको छ : एनबी खवास

बिजनबारी: पहाडका मानिसहरूले भावनामा नभएर यथार्थमा नै विश्वास गर्न शुरूआत गरेकोले गर्दा नै हाल पहाडभरिमा पार्टीको जनाधार बढ्न थालेको हिल तृणमूल जिल्ला प्रभारी एनबी खवासले बताए। आफुहरूले सधैँ भावनाभन्दा कर्ममा विश्वास राखेर पहाडमा राजनीति गरेको तिनले दावी गरे। अर्कोतिर राज्य सरकारले युवाहरूलाई केन्द्रित गरेर विभिन्न परियोजनाहरू शुरू गरिसकेको भए तापनि कतिपय योजनाहरूबारे युवाहरूलाई जानकारी नभएकोले तिनीहरूलाई पार्टीको तर्फबाट यसबारे जागरुक गर्दैआइरहेको तिनले बताए। कोरोना महामारीपछि बाहिरबाट घर फर्किआएका बेरोजगार युवाहरूको संख्या बढेकोले तिनीहरूलाई स्वलम्बी बनाउने आफूहरूको प्रमुख लक्ष्य रहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *