हिल तृणमूल प्रवक्ताको पदमा एनबी खवास चयन

दार्जिलिङ : हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ संयोजक एनबी खवास दार्जिलिङ जिल्लाको प्रवक्ता (मिडिया स्पोक्सपर्सन) चयन भएका छन्। खवासले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै दिएको जिम्मेवारीलाई इमान्दारसहित निर्वाह गर्ने बताए। पार्टीप्रति इमान्दारीपूर्वक अनि लगनको साथमा कार्य गरे वापत पार्टी प्रमुख मुख्यमन्त्रीले जिल्ला (हिल क्षेत्र)-को प्रवक्ताको रूपमा चयन गरेकोमा आफू उत्साहित बनेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *