हिल तृणमूल तामाङ सङ्गठनको सभा सम्पन्न

खरसाङ : हिल तृणमूल तामाङ सङ्गठनको साङ्गठनिक सभा को-अर्डिनेटर सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न भयो। खरसाङमा सम्पन्न सभामा विशेष गरेर को-अर्डिनेटर सन्तोष तामाङ, सह को-अर्डिनेटर बिरेन तामाङ, दावा लामा, बाबुल लामा, रबीन तामाङ, शरन लामा लगायत गौरी शंकरबाट साजन तामाङ, घैयाबारीबाट राजु लामा आदिको उपस्थित रहेको थियो। सभामा सङ्गठनलाई कसरी बलियो बनाउने अनि यस सङ्गठनलाई दार्जीलिङ, कालेबुङ, मिरिक साथै पहाड़को सबै जग्गामा पनि सङ्गठन विस्तार गरिनेबारे सभामा पारित गरियो। यसको साथै विभिन्न ठाउँहरूमा जहाँ तामाङ जातिहरू छन्, ती ठाउँहरूलाई लिएर सभा गरने पनि तय गरिएको छ। विशेष गरेर तामाङ समुदायले सरकारबाट पाउने साहुलियतहरूलाई खोजेर निकाल्ने बारेमा पनि चर्चा गरियो। खरसाङमा आगामी 7 सेप्टेम्बरको दिन सबै तामाङ समुदायलाई लिएर खरसाङको गोर्खा जन पुस्तकलयमा सभा गरिने आजको सभाले तय गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *