हिल तृणमूल युवा कांग्रेसद्वारा मिरिक सौरेनीमा राज्यको जनमुखी योजनाहरुबारे जागरूक

मिरिक: हिल तृणमूल युवा कांग्रेस मिरिक महकुमा समितिले सौरेनी समष्टी युवा कांग्रेसको सहयोगमा आज सौरेनी बजार अनि सौरेनी बस्तीको स्थलगत भ्रमण गर्दै मानिसहरुलाई राज्यको जनमुखी विभिन्न योजनाहरुबारे जागरुक गराए। यसको साथै सरकारी योजनाहरुबाट वञ्चित रहेका मानिसहरुले कसरी यसबारे लाभ लिन सकिन्छ भन्ने विषयमाथि जानकारी गराए। हिल तृणमूल युवा काङ्ग्रेस मिरिक महकुमा अध्यक्ष शोभन घिसिङ, मिरिक महकुमा सचिव प्रणाम तामाङ, सौरेनी समष्टी युथ अध्यक्ष पुण्य राई, उपाध्यक्ष नवीन प्रधान, मिरिक महकुमा सदस्य सरोज छेत्री , वर्किङ प्रेसिडेन्ट विकास सुब्बा, साङ्गे तामाङ, नृपेन्द्र भारती आदिको नेतृत्वमा युवाहरुको एउटा टोलीले सौरेनी बजार र सौरेनी बस्तीमा गएर घरदैलो अभियान चलाउँदै मानिसहरुले भोग्न परिरहेको अभाव तथा समस्याहरू पनि सुने।


विशेष गरेर राज्य सरकारद्वारा प्रदत्त स्वस्थ्य साथी, खाद्य साथी, कन्याश्री प्रकल्प, रूपाश्री प्रकल्प, कृषि प्रकल्प लगायत अन्य विभिन्न जनमुखी योजनाहरुमाथि मानिसहरुलाई टोलीका सदस्यहरूले अवगत गराए अनि विकासको विभिन्न पहलु बारे जानकारी गराए। टोलीले गाउँवासीहरुलाई जारी द्वारे सरकार (घर दलानमा सरकार) शिविरबारेमा पनि जागरुक गराउँदै मानिसहरुलाई शिविरबाट लाभ उठाउने आग्रह गरे । हिल तृणमूल युवा कांग्रेस मिरिक महकुमा अध्यक्ष शोभन घिसिङले यसबारे जानकारी दिँदै राज्य सरकारद्वारा प्रदत्त योजनाहरुबाट एउटा घर पनि वञ्चित नहोस् भनेर घरदैलो पुगेर मानिसहरुलाई जागरुक गराउने कार्यलाई अघि बढाइएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *