हिमालयन फ्रि चर्च खरसाङमा संवर्द्धना कार्यक्रम

खरसाङ : खरसाङको हिमालयन फ्रि चर्चमा संवर्द्धना कार्यक्रम सम्पन्न गरियो। नयाँ सालको अवसरमा चर्चका विस्वासीहरू मिलेर चर्चका अगुवाजनलाई सम्मान जनाइयो। हिमालयन फ्रि चर्चमा नयाँ सालको अवसरमा प्रेम भोजको आयोजना गर्नको साथै नयाँ सालको अवसरमा स्पेसियल सेवाकाई आयोजना गरेर चर्चका विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने तथा अगुवाहरूलाई सम्मान गरिएको बताइएको छ। उक्त कार्यक्रमलाई मिलन रसाइली र रेबिका छेत्रीले सञ्चालन गरेका थिए भने उक्त सेवामा प्रशंसा अनि आराधानामा प्रबिना सिन्हाले अगुवाइ गरेका थिए। सेवामा चर्चका पास्टर तिरस तोरुङ राईले बाईबलबाट शिक्षा प्रचार गर्दै नयाँ सालमा नयाँ प्रकारले कार्य गर्ने र आशिषित बन्ने बताए। विश्वासीहरू मिलेर चर्चका पास्टर तिरस राई र तिनकी पत्नी हबिना मोक्तान, संस्थापक पास्टरनी लिला छेत्री, एल्डरहरू विलियम्स सिन्हा, सीबी रसाइली, श्याम लामा, जोना मंग्राती, सेविकाद्वय शान्ति र मेनुका बरदेवा, जीवन छेत्री, प्रकाश छेत्री, ग्रेसी खातीलाई चर्चको तर्फबाट सम्मान जनाइएको जानकारी प्रणय रसाईलीले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *