हिमालयन गुड न्युज नेटवर्किङ मिनिस्ट्रीद्वारा मिरिकमा राहत सामग्री वितरण

मिरिक : हिमालयन गुड न्युज नेटवर्किङ मिनिस्ट्रीले आज मिरिकका विपन्न परिवारका 70 परिवारलाई आज राहत सामाग्री वितरण गरे। कोरोना भाइरसको महामारीबीच विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण कार्यमा मिनिस्ट्रीका अध्यक्ष निर्देशक दावा सिङ्गे भुटिया, प्रशासक स्माईल लेप्चा, संयोजक रेभ नारायण जोसुवा शर्मा साथै अन्य पदाधिकारीगणको उपस्थिति रहेको थियो।


मिनिस्ट्रिका संयोजक नारायण जोशवा शर्माले आज सिलगढीबाट आएका टोलीले मिरिकमा नगरपालिका क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्रीहरू प्रदान गरेको बताएका छन्। यस खाद्यान्न सामग्रीहरूमा चामल, आलू,टमाटर, नुन,चिनी,दाल, चना, न्युट्रेला लगायत माक्स तथा सेनिटाइजर प्रदान गरेको प्रशासक स्माईल सुब्बाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *