हिमालयन जीम मिरिकद्वारा कोरोनाबारे सेमिनारको आयोजना

मिरिक : हिमालयन जीम मिरिकले आज हिमालयन जीम परिवारका युवाहरूलाई लिएर कोरोना महामारीबीच कसरी स्वस्थ रहने भन्ने विषयलाई लिएर एउटा सेमिनारको आयोजना गर्यो। हाल कोरोना महामारीले उप्जाएको परिस्थितिमा कसरी स्वस्थ रहने, शारीरिक तन्दुरुस्त बनाइ राख्न के गर्नुपर्ने र कोरोना संक्रमणबाट बाँच्न के कस्तो उपाय अप्नाउनुपर्ने विषयमाथि उक्त सेमिनारको माध्यमद्वारा सबैलाई जागरुक गराइयो। हिमालयन जीम मिरिकका युवा बडीबिल्डर आशीष तामाङको पहलमा सम्पन्न सेमिनारमा सम्बन्धित स्रोत व्यक्ति एवम् फिजिकल फिटनेसका स्रोत व्यक्तिहरूले युवाहरूलाई विविध विषयमा जानकारी दिँदै जागरुक गराए। सचेतनाले नै सुन्दर जीवन बनाउन सकिन्छ। अभ्यास गरेर मात्र हुँदैन यसको लागि चेतना जरुरी हुन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *