हिमालयन हस्पिट्यालिटी एन्ड टुरिजर्म डेभलपमेन्ट नेटवर्कको नयाँ कमिटी गठन

सिलगढी : हिमालयन हस्पिट्यालिटी एन्ड टुरिजर्म डेभलपमेन्ट नेटवर्कको नयाँ कमिटी गठन साथै उत्तरको पर्यटनलाई अझै अघि बढाएर लैजाने परियोजना तयार गरेको छ। सालुगढाको एउटा होटलमा आज संगठनको तर्फबाट आलोचनाको माध्यमद्वारा नयाँ कमिटी गठन गरियो। उक्त संगठनमा पर्यटन व्यवसायसित जडित टुर अपरेटर, होटल, होम स्टेका मालिक अन्य सामेल छन्। यस अवसरमा नव निर्वाचित कमिटीका सचिव सम्राट सान्यालले कोरोना परिस्थितिमा पर्यटन व्यवसायलाई बढावा दिने तर्फ जोड दिइने भन्दै कोरोना परिस्थितिमा होटल मालिक, व्यवसायीहरूलाई निक्कै क्षति पुगेको बताए। तिनीहरूको समस्याको सरकार समक्ष पुर्‍याएर समाधान गरिदिने नयाँ कमिटीको लक्ष्य रहेको तिनले बताए। यसबाहेक नेपाल, भुटानका कर्तृपक्षहरूसित कुराकानी गरेर पर्यटकहरूको हितमा पर्यटनको विकास गर्न विविध पहल गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *