हिमालयन वेलफेयर अर्गनाइजेसनद्वारा तीनधारेमा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना

तीनधारे : नानीहरूको उज्ज्वल भविष्यलाई ध्यानमा राखेर हिमालयन वेलफेयर अर्गनाइजेसनद्वारा तीनधारे बोइज हायर सेकेन्डरी स्कुलमा  दसौँ र बाह्रौँ श्रेणीका नानीहरूलाई लिएर करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरियो  नर्सिङ, प्याथोलजी, हस्पिटल म्यानेजमेन्ट आदिमा कसरी सजिलै एड्मिसन पाउन सकिन्छ। उक्त कोर्स गर्नाले के-के फाइदा वा कस्तो नोकरी पाउन सकिन्छ भन्ने बारेमा विस्तृत रूपमा जानकारी गराइयो। यस अवधि  नानीहरूलाई उक्त कोर्सबारे धेरै रुचि रहेको देखियो। हाम्रा धेरैजना नानीहरूलाई यस्तो कुरा बारेमा जानकारी छैन। हामीले हाम्रा समाजका नानीहरूलाई केही नभए पनि बाटो देखाउने काम गर्नुपर्छ भन्ने सोच लिएर हिमालयन वेलफेयर अर्गनाइजेसनको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।   सिलगढीबाट हिमालयन वेलफेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानको साथमा  रिपन गौतम र अली अन्सारी गएका थिए   रिपन गौतमले नर्सिङ, प्याथोलजी बारेमा जानकारी गराए भने अली अन्सारीले होटल म्यानेजमेन्ट र क्याबिन क्रिउ बारेमा विस्तृत रूपमा जानकारी गराए।  उक्त कार्यक्रमको संयोजन तीनधारेका गोर्खा च्यारिटेबल हस्पिटलका चिफ कोर्डिनेटर नर्साङ वाइबाले गरेका थिए। स्कुलका प्रधान अध्यापक देबेन लामा, सह शिक्षक प्रबिन राई, सह शिक्षक नीरज छेत्रीप्रति हिमालयन वेलफेयर अर्गनाइजेसनले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *