हिमाली निर्माण श्रमिक संगठनद्वारा श्रमिकहरूलाई परिचय पत्र वितरण

मिरिक : हिमाली निर्माण श्रमिक संगठनले सङ्गठनसँग आबद्ध मिरिक क्षेत्रका असङ्गठित क्षेत्रमा काम गरिरहेका श्रमिकहरूलाई तिनीहरूको परिचय पत्र वितरण गर्यो। बिशान संघको कार्यालयमा संघ अध्यक्ष पुजन घिसिङको उपस्थितिमा 3 सयजना श्रमिकहरूलाई परिचय पत्र वितरण गरियो। परिचय पत्र वितरण गरिनुको मूल उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष घिसिङले मिरिक महकुमाको विभिन्न ठाउँमा काम गर्दै आइरहेका स्थानीय अस्थायी श्रमिकहरूलाई एकताको सूत्रमा बाँधेर तिनीहरूको परिचय स्थापित गर्नु रहेको बताए।


तिनले मिरिक महकुमामा धेरै सङ्ख्यामा अस्थायी श्रमिकहरू छन्। सडक निर्माण, भवन निर्माण लगायत विभिन्न सेक्टरमा काम गरिरहेका श्रमिकहरूलाई सङ्गठित बनाउन सङ्घ लागिपरेको तिनले बताए। असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकहरूको निम्ति राज्य सरकारले धेरै योजनाहरू लागू गरे तापनि श्रमिकहरूले त्यसको लाभ प्राप्त गर्न सकिरहेका छैनन्। यसैले उक्त संघले श्रमिकहरूको सहुलियत उपलब्ध गराउन प्रयास गरिरहेको तिनले बताए। आज मिरिकको मरमा चियाकमान, गोपालधारा, मिरिक बस्ती, ओकाइटी चियाकमान, थर्बु एलडी, काउले गाउँ, प्रताप गाउँ, सोह्रसाले, देउसे डाँडा, महेन्द्र गाउँ, रस्दल गाउँ आदिका श्रमिकहरूलाई संघ अध्यक्ष पुजन घिसिङको बाहुलीबाट परिचय पत्र वितरण गरेको संघको तर्फबाट जानकारी गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *