हिमाली निर्माण श्रमिक सङ्गठन-द्वारा मिरिकमा जागरूक अभियान

मिरिक : राज्य सरकारद्वारा प्रदत्त बिना मूल्य सामाजिक सुरक्षा योजनामाथि आज मिरिकमा असङ्गठित श्रमिकहरुलाई चेतना अभिवृद्धि गरियो। हिमाली निर्माण श्रमिक सङ्गठन मिरिकको सौजन्यमा श्रम विभागका इन्सपेक्टर (मिरिक इन्चार्ज) अमित सुब्बा अनि रिकेस प्रधान (सीकेसी, मिरिक)-ले उक्त योजनाबारे विस्तृत जानकारी दिँदै सरकारले उपलब्ध गराएको सुयोग र सुविधा कसरी लिन सकिन्छ भन्ने विषयमा जानकारी गराए। हिमाली निर्माण श्रमिक सङ्गठन अध्यक्ष पुजन घिसिङको अध्यक्षता अनि बुद्ध तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा श्रमिकहरूलाई जागरुक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *