हिमाली निर्माण श्रमिक संगठनद्वारा मिरिकमा पोस्टरिङ

मिरिक : हिमाली निर्माण श्रमिक संगठन मिरिक महकुमा समितिले स्थानीय कारिगर तथा मिस्त्रीहरूको पेटमा लात हान्ने कार्य बाहिरबाट आउने कारिगरहरूले गरिरहेको साथै तिनीहरूले स्थानीय श्रमिकहरूलाई दाम अनि काममा ठगिरहेको आरोप लगाउँदै आज सहरमा व्यापक पोस्टरिङ गरेको छ। संगठनका अध्यक्ष पुजन घिसिङले पोस्टर टाँसेपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै बाहिरबाट  आएर मिरिकको विभिन्न गाउँ बस्तीहरुमा विभिन्न प्रकारको मिस्त्री, कारिगरको काम गर्नेहरूले संगठनको कार्यालयमा आफ्नो आधार कार्ड जम्मा गर्ने आग्रह गरेका छन्। घिसिङले मिरिकका कारिगरहरूलाई दक्ष कारिगर बनाउने उद्देश्य राखेर यहाँ विभिन्न तालिम केन्द्रहरूको स्थापना गर्ने योजनामा रहेको बताउँदै मिरिकलाई बचाउँन सहयोग गर्ने सबैसित आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *