हिमालयन हार्बिन्जर्स फाउण्डेशनद्वारा वृद्ध कुमारी लेप्चाको घर मरमति

सुकेपोखरी : दिनहुँ लगातार पानी परिरहेको अनि विश्व नै  कोभिड -19 को प्रकोपमा परेको समय आफु बस्ने घर समेत जीर्ण अवस्थामा पुगेकोले समस्यामा परेकी नागरी फार्म 25 नम्बर भस्मे मानेडाँड़ा निवासी कुमारी लेप्चाको भान्सा घर मरमति गरिदिन हिमालयन हार्बिन्जर्स फाउण्डेसन अघि आएको छ। उक्त फाउण्डेसनले मानवताको परिचय प्रस्तुत गर्दै केही समय अघिदेखि नै फाउण्डेसनले कुमारी लेप्चालाई कतिपय सहयोग प्रदान गर्दै आइरहेको छ। मुसुलधारे पानी थाम्न नसक्ने अवस्थामा पुगेको कुमारी लेप्चाको घर पनि फाउण्डेसनको तर्फबाट सदस्यहरूले मरमति गरिदिएको छ। प्राप्त जानकारी अनुसार आशिष मुखियाले च्यादरको प्रबन्ध गरिदिएको अनि ग्रामवासीले पनि मरमति कार्यमा विशेष सहयोग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *