हिमपातको चपेटमा परेर अलिपुरद्वारका गङ्गा बारा शहीद

अलिपुरद्वार : जम्मू कश्मीरको नौ गाउँ इलाकामा हिमपातको चपेटमा परेर बीएसएसको 77औँ बटालियनमा कार्यरत अलिपुरद्वार जिल्लाको गङ्गा बारा शहीद भएका छन्। स्मरण रहोस्, नवगाउँ इलाकामा पेट्रोलिङ अवधि बीएसएफका चारजना जवानहरूको मृत्यु भएको छ जसमध्ये एकजना अलिपुरद्वार जिल्लाको मदारीहाटको बन्द मुजनाई चियाकमानको 5 नम्बर लाइन निवासी गङ्गा बारा सामेल छन्। गत 2011-मा गङ्गा बारा बीएसएफ कन्सटेबलको पदमा नियुक्त भएका थिए। तिनले आफूपछि आमा-बाबु, भाई र स्वास्नी छाडिगएका छन्। दीपावलीभन्दा अगावै गङ्गा बारा छुट्टीमा घर आएका थिए। आज बिहान गङ्गा बाराको मृत्युको खबर सुनेपछि उक्त इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *