हिंसात्मक घटनाको डरले एनबीएसटीसी-का चालकहरूले लगाए हेलमेट

सिलगढी : श्रमिक संगठनहरूले बोलाएको भारत बन्द अवधि आज उत्तरबंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)-का अधिकारीहरूले तिनको बन्दको चालकहरूलाई अनिवार्य रूपमा बस चलाउँदा हेलमेट लगाउने निर्देश दिएको छ। बन्द अवधि कुनै पनि प्रकारको घटना हुनसक्ने कुरालाई ध्यानमा राखेर यस प्रकारको पदक्षेप लिएको एनबीएसटीसी अधिकारीले जनाएको छ। यसैले गर्दा आज बिहान सिलगढीको तेनजिङ नोर्गे बस स्टेसन परिसरमा एनबीएसटीसी बसका चालकहरूलाई हेलमेट लगाएर वाहन चलाएको अनौठो दृश्य देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *