एचएमआईद्वारा 21 वटा आइशोलेसन रूम तयार

दार्जिलिङ: कोरोना भाइरस संक्रमणबाट मानिसहरूलाई जोगाउनको लागि एचएमआई (हिमालयन माउन्टेनेरिङ इन्स्टीट्युट) दार्जिलिङले मोठ 21 वटा आइशोलेसन रूम तयार गरेको छ। यसको साथै उक्त प्रतिष्ठित संस्थानले उक्त रूममा हेर-चाहको लागि 6 सदस्यीय चिकित्सकहरूको टोली पनि राखिएको छ। प्राप्त जानकारी अनुसार उक्त प्रतिष्ठानका कर्मचारीहरूले तिनीहरूको घरमै बसेर आवश्यक काम गरिरहेका छन् भने गत 18 मार्चदेखि घुम्न आउनेहरूको लागि हिमालयन माउन्टेनेरिङ इन्स्टीट्युट बन्द गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *