एचएमआईको आयोजनामा मङपुबाट अन्तर्राष्ट्रिय साइकल ऱ्याली शुरू

मङपु: एचएमआई- दार्जिलिङको आयोजनामा आज मङपुबाट अन्तर्राष्ट्रिय साईकल ऱ्याली शुरु गरियो। मङ्पुको जन मैदानबाट आज बिहान 8.30 बजीदेखि शुरु भएको उक्त साईकल ऱ्याली तीन माईल, चटकपुर हुँदै टाईगर हिलमा पुगेर समाप्त हुने एचएमआई-का ग्रुप क्यापटन जयकिशानले जानकारी दिएका छन् । उक्त साईकल ऱ्यालीमा दार्जिलिङ, कालेबुङ, खरसाङ, डुवर्स, सिलगढी लगायत छिमेकी देश नेपालबाट गरेर मोठ 55 जना प्रतियोगीहरुले अंशग्रहण गरेका थिए।


आजको कार्यक्रमका प्रमुख अतिथि जिल्ला सैनिक बोर्ड अध्यक्ष कर्णल केसब राई अनि विशिष्ट अतिथिहरु ज्यमलिङ नोर्गे शेर्पा अनि मङपु सरस्वती विद्यालयका प्राध्यापिका चन्द्रकला राईले हरियो झण्डा हल्लाएर साईकल ऱ्यालीको शुरूवात गरियो भने अंशग्रहण गर्ने सबै धावकहरुलाई तिनीहरूले शुभकामना दिए। प्राप्त जानकारी अनुसार उक्त साईकल ऱ्यालीको दुरी लगभग 35 किलोमिटर रहेको अनि आज बेलुकीसम्म टाईगर हिल पुगेर समाप्त हुनेछ। उक्त ऱ्यालीमा युवाहरुसँगै केही महिलाहरुले पनि अंशग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *