होलीको अघि सिलगढीमा पुलिसको ‘प्री ड्राइभ अभियान’ शुरू , 2 जना पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटन पुलिसले होलीलाई ध्यानमा राखेर अवैध रम-रक्सी व्यवसायीहरू विरूद्ध कार्वाही शुरू गरेको छ। यसको साथै पुलिसले होली अगावै प्री ड्राइभ अभियान अन्तर्गत गत राति एउटा होटलमा अभियान चलाएर 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सनी छेत्री र रघु नाथ दास सामेल छन्। पुलिस सूत्र अनुसार मतिगढा थानाको पुलिसले गोप्य सूचना पाएर सादा पोशाकमा यहाँको एउटा रेस्टुरेन्ट अनि एउटा दोकानमा अभियान चलाएर त्यहाँबाट धेरै मात्रामा देशी-विदेशी रम-रक्सी जफत गरेको छ। अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा 2 जनालाई पक्राउ गरेपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


अर्कोतिर, यस विषयमा सिलगढी मेट्रोपलिटन पुलिसको वेस्ट जोन एसीपी आशीष पी. सुब्बाले भने, होलीलाई ध्यानमा राखेर पुलिसले प्री ड्राइभ शुरू गरेको छ। प्री ड्राइभ अवधि अवैध रूपमा रम-रक्सी किन-बेच गर्नेहरूमाथि कठोर कार्वाही गरिने छ। गत राति उक्त अभियान अन्तर्गत 2 जनालाई पक्राउ गरेको छ।   

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *