होलीको रंगको तयारी फूलबारीको कारखानामा शुरू

राजगञ्ज : होली पर्वको पर्खाइ अब लगभग पूरा भइसकेको साथै यसलाई लिएर बजारमा मानिसहरूको भीड शुरू भइसकेको छ। कारखानामा पनि रंग अबीर तयारी गर्नका लागि श्रमिकहरू लागि परेका छन्। पहिला होलीको समयमा चीनबाट आउने सामानहरूले बजार भरिएको देखिन्थ्यो। तर हाल चीनबाट शुरू भएको कोरोना भाइरसलाई लिएर मानिसहरूमा डर उत्पन्न भएको हुनाले बजारमा चीनको सामान देखा परिरहेको छैन्। आज राजगञ्जको चमपदगछको अबीर कारखानामा श्रमिकहरूले अबीर तयारी गरिरहेको देखियो। अबीर कारखानामा काम गर्ने एकजना श्रमिकले बताए अनुसार भूटानबाट प्याकेटमा पाउडर मगाएर त्यसमा सुगन्ध मिलाउने गरिन्छ। यसपछि तयार पाउडरलाई बजारको विभिन्न ठाउँहरूमा पठाउने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *