होलीलाई लिएर सिलगढी सहरमा उत्सवको माहौल

सिलगढी :  रङ्गहरूको पर्व होली आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसैलाई केन्द्र गरेर सिलगढीको बजारहरूमा रङ्गी विरङ्गी अबीरहरूसँगै विभिन्न प्रकारको होलीको सामग्रीहरूलगायत विभिन्न प्रकारको रङ्गी-विरङ्गी टोपी, चश्मा आदि बिक्रीमा राखिएको छ।


यसको साथै विशेष गरेर नानीहरूको लागि पबजी बन्दुक, गीत बज्ने बन्दुक, माचिस जस्ता आकर्षक होलीका सामग्रीहरू सिलगढीको विभिन्न ठाउँहरूको बजारमा बिक्रीमा राखिएको छ। विशेष गरेर यहाँको महाबीरस्थान, विधान मार्केट, हकर्स कर्नर आदि ठाउँहरूमा यी होलीका सामग्रीहरू किन्ने मानिसहरूको भिड शुरू भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *