होलीलाई लिएर सिलगढी सहरमा तीन दिनसम्म कठोर सुरक्षा व्यवस्था रहने छ : पुलिस कमिश्नर गौरव शर्मा

सिलगढी: रङ्गहरूको पर्व होलीलाई ध्यानमा राखेर सिलगढी मेट्रोपोलिटन पुलिसले कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। यसपल्ट होलिका दहनदेखि लिएर शब-ए-बारातसम्म लगातार तीन दिनसम्म सिलगढी मेट्रोपोलिटन पुलिसले प्रत्येक कुरामाथि कठोर निगरानी राखेको सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज जानकारी दिएका छन्। तिनले सिलगढी शहरवासीहरूलाई रङ्गहरूको पर्व होलीको शुभकामना दिँदै होलिका दहनदेखि लिएर शब-ए-बारातसम्मको लागि सबै सुरक्षा व्यवस्था गरिएको छ भनी बताए। तिनले भने, सिलगढी शहरमा तीन दिनसम्म रात-दिन पुलिसको कठोर सुरक्षा व्यवस्था रहनेछ। उत्सव अवधि कुनै प्रकारको अप्रिय घटना घटे यसको लागि धेरै संख्यामा पुलिस बल सडकमा तैनाथ गरिनेछ। विशेष गरेर संवेदनशील इलाकामा पुलिसको नजरदारी रहनेछ। तिनले बताए अनुसार होली पर्व अवधि कुनै प्रकारको झै-झमेला नहोस् भनेर आगामी तीन दिनसम्म ट्राफिक विभागले शहरमा ड्रिङ्क एण्ड ड्राइभ अभियान चलाइने छ। यसैगरी, महिलाहरूको सुरक्षाको लागि यसपल्टको उत्सव अवधि विनर्स टीम पनि तैनाथ रहनेछ। यसवाहेक, सीसीटीभी क्यामेरा अनि एरिया सर्भिलेन्सको माध्यमद्वारा सिलगढी शहरमा कठोर नजरदारी राखिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *