होम डिलीभरी परिसेवा दिनेहरूले पञ्जा लगाउनु अनिवार्य

सिलगढी : साप्ताहिक लकडाउनको दोस्रो दिन आज बिहानैदेखि सिलगढीको विभिन्न इलाकाहरूमा पुलिसद्वारा नाका चेकिङ अभियान चलाइयो। एसीपी (डीडी 2) राजेन छेत्रीको नेतृत्वमा सिलगढीको पायल सिनेमा हल अघि पुलिसले तलाशी अभियान चलाइरहेको समय होम डिलीभरी परिसेवासित जडित कर्मीहरूको हातमा पञ्जा नलगाएकोले गर्दा तिनीहरू हिरासतमा लिएर सुरक्षाको नियमहरूको पालन गर्ने निर्देश दिएपछि छोडिदिएको बताइएको छ।


भोजनको होम डिलीभरी गर्ने कर्मीहरूले सबै सुरक्षा नियमहरूअन्तर्गत हातमा पञ्जा लगाउनु अनिवार्य रहेको एसीपी (डीडी 2) राजेन छेत्रीले बताए। यदि कुनै कर्मचारीले उक्त नियमको उल्लङ्घन भोजनको होम डिलीभरी गर्न नपाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *