होम आइसोलेशनमा बसेका 10 परिवारलाई गोरामुमो खरसाङ शाखाद्वारा राहत वितरण

खरसाङ: गोरामुमो सोनादा टुङ समष्टि अन्तर्गत खहरेमा कोरोना संक्रमित भएर हाल होम आइसोलेशनमा बसेर उपचार गराइरहेका 10 घर परिवारलाई खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाले राहत स्वरुप खाद्य सामाग्रीहरू लगायत मास्क, सेनिटाइजर आदि समष्टिका सभापति मदन छेत्रीलाई हस्तान्तरण गरे। समष्टि सभापति मदन छेत्रीले जारी बिज्ञप्तिमा बताए अनुसार हाल कोरोना भाइरसको महामारीको कारण जारी आशिंक लकडाउन अवधि पहाडका विभिन्न क्षेत्रमा धेरैजना प्रभावित परेको समय गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा  ब्राञ्च अध्यक्ष निमा लामाको नेतृत्वमा ब्राञ्च कमिटी अन्तर्गत समष्टि भ्रमणमा रहेका निमा लामाको टोलीले आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्दै यसरी हाम्रो समष्टिमा पनि सहयोग पुर्याएकोमा निमा लामा अनि तिनको टोलीलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *