होम आइसोलेसनमा बस्नेहरूलाई क्वारेन्टाइन मुक्त

सुकेपोखरी : सुके खण्डको प्लुङदुङ क्षेत्रमा एकजना वृद्ध कोरोना संक्रमित भएपछि तिनका परिवारसित सम्पर्कमा आएका आशिष दर्नाल र जितेन दर्नालको परिवारलाई पनि प्लुङदुङ तरूण सङ्घका प्रतिनिधिहरूले होम आइसोलेसनमा राखेका थिए। आज तिनीहरूको आइसोलेसनको मियाद समाप्त भएपछि तरूण सङ्घका सल्लाहकार सुवास विष्ट तथा अन्य प्रतिनिधिहरूको उपस्थितिमा सुस्वास्थ्यको कामना गर्दै क्वारेन्टाइन मुक्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *