होम क्वारेन्टाइन सकेपछि छोटा पुबोङका रितेशद्वारा जीटीएप्रति आभार  

सुकेपोखरी : सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने छोटा पुबोङ निवासी रितेश सुब्बाले आफ्नो 14 दिनको होम क्वारेन्टाइन अवधि समाप्त गरेको समष्टि हेल्प डेस्कका सिवानी तामाङले जानकारी गराइन्। प्राप्त जानकारीअनुसार गत 5 जुनको दिन जीटीएको सहयोगमा तिनी मध्यप्रदेशबाट घर फर्किआएका थिए। गत 5 जुनको दिन फर्केर आएका थिए। तिनले समाजका प्रतिनिधि, स्वास्थ्य केन्द्रका एएनएम, आशा कर्मी, आइसीडीएस कर्मी, गोजमुमो पुबोङ पुसिम्बेङ खण्ड समिति, सुके मानेभन्ज्याङ समष्टि अनि जीटीएप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *